तानाशाही राजाहरूको अन्त्य कसरी भएको हो भन्ने बिर्सनु भएन : प्रचण्ड

तानाशाही राजाहरूको अन्त्य कसरी भएको हो भन्ने बिर्सनु भएन : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको विश्वसनियता सकिएका कारण पुरातनवादी शक्तिहरू हौसिएको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारको बेथिति र असफलताले व्यवस्थाप्रति मोहभंग भएको र त्यसका कारण देखिएको असन्तुष्टिका कारण पुरातनवादी शक्तिहरू हौसिएको बताए। 

प्रचण्डले सरकार असफल भइरहेको र पुरातनवादीले समेत प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिरहेकाले सरकारका गलत क्रियाकलाप र प्रतिगामी चलखेलविरुद्ध जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको बताए। राजावादीको चहलपहलको पछाडि देशभित्र र बाहिरका संगठित चलखेल देखिएको उनले बताए। 

संसारका विभिन्न देशहरूमा तानाशाही राजाहरूको अन्त्य कसरी भएको छ भन्ने बिर्सिएर नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको मौलिकतालाई कम नआक्न उनले चेतावनीसमेत दिए। उनले लोकतन्त्रभित्र आफ्नो ठाउँ खोज्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिए। आफू ८ महिना अघिसम्म सरकारका रहँदा नदेखिएको असन्तुष्टि अहिलेको सरकार बनेपछि जनतामा असन्तुष्टि र आक्रोश बढ्दै गएको उनले बताए। प्रचण्डले दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको आफूले नदेखेको भन्दै सरकारलाई विचौलियाले चलाइरहेको आरोपसमेत लगाए।

प्रचण्डले सरकारले संसद् सञ्चालनमा प्रतिपक्षलाई कति स्पेश दिइएको छ भन्दै प्रश्न गरे। प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा निरन्तर अनुपस्थित रहनु कुण्ठा हो कि घमण्ठ हो भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे। प्रचण्डले प्रतिपक्षी दलका नेता रवि लामिछानेलाई अनुचित ढंगले निलम्बन गरिएको तर्क गरे। आफ्नो कार्यकालमा महत्त्वपूर्ण विधेयक ल्याए पनि अहिले सरकारकै कारण अघि बढ्न नसकेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.