इजिप्टका राष्ट्रपतिलाई सगरमाथा संवाद कार्यक्रमका लागि निमन्त्रणा

इजिप्टका राष्ट्रपतिलाई सगरमाथा संवाद कार्यक्रमका लागि निमन्त्रणा
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिललाई निमन्त्रणा गरेका छन्। बुधबार साँझ टेलिफोन संवाद गरेर प्रधानमन्त्री ओलीले राष्ट्रपति खलिलाई नेपाल निमन्त्रणँ गरेका हुन्। 

वातावरणसम्बन्धी विश्व सम्मेलन (कोप-२७) को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्दामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उनीसँग आग्रह गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। 

नेपाल सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवादको क्रममा पहिलो शृङ्खलाको आयोजना गर्न लागेको हो।

 
संवादका क्रममा संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमणको आदानप्रदान, दुई देशबीचको परस्पर सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.