पर्यटक बढाउन यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं : कांग्रेस सांसद घिमिरे

पर्यटक बढाउन यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं : कांग्रेस सांसद घिमिरे
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए।

उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। 'मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। जसले यो मुलुकमा पर्यटकको संख्या बढाउनेछ,' उनले भने, 'धार्मिक पर्यटकहरूले खर्च कम गर्छ। साहसिक पर्यटक थोरैमात्र हुन्छन्। संसारमै सबैभन्दा धेरै पर्यटक भनेको मनोरञ्जन क्षेत्रको लागि हो। त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकमा आर्थिक विकास हुन्छ। विपक्षीले यी कुरा उठाइदिएको भए कति काइदा हुन्थ्यो।'

उनले गाँजा खेतीमार्फत अमेरिकाको क्लोराडोको अर्थतन्त्र फस्टाएको भन्दै नेपालमा पनि कानुनी मान्यता दिनुपर्ने बताए। 'गाँजा खेती धेरै देशले सुरू गरिसकेको छ। अमेरिकाको क्लोराडोमा गाँजा खेती गरेपछि त्यहाँको अर्थतन्त्र माथि उठ्यो। त्यसपछि त्यहाँ अन्य राज्यले पनि गाँजा खेतीलाई कानुनी मान्यता दिन थाल्यो। त्यहाँको उदाहरण हेरेर हामीले पनि गाँजा खेतीलाई अगाडि बढाउन केले आपत्ति गर्‍यो?,' उनले प्रश्न गरे। 

उनले देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका थिए। मुलुक शान्ति प्रक्रियामा आएपछिको १९ वर्षमा नेपाली समाजको परिवर्तन र जनताको जीवनस्तर उकासिएको भन्दै देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न उनको आग्रह थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.