सरकार परिवर्तन हुने कुनै सम्भावना छैन : एमाले मुख्य सचेतक बर्तौला

सरकार परिवर्तन हुने कुनै सम्भावना छैन : एमाले मुख्य सचेतक बर्तौला
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए।

उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने भन्ने विषयमा समेत कुनै बैठक नभएको धारणा राखे। सरकारमा आउन रुची भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ। उनले अहिलेको सरकार सहज ढंगले अघि बढिरहेको र यही सरकारले निरन्तरता पाउने जिकिर गरे।

उनले अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि ८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी तयारी गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.