को हुन् ३१औं प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

को हुन् ३१औं प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो। 

आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो। थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख हुन्। उनी विसं २०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन्। 

को हुन् थापा?

थापाको जन्म २०२८ मंसिर ८ गते भक्तपुरको सिपाडोलमा भएको हो। उनले कानुनमा स्नातक, राजनीतिकशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। प्रहरी सेवामा प्रवेश गरेपछि सुरुवाती दिनमा उनले बनेपा, बुटवल र गरुडा इलाका प्रहरीको जिम्मेवारी सम्हालेका थिए।

त्यसपछि उनले नेपाल प्रहरी स्कुल साँगा, डोटी र रौतहटको विद्यालय प्रमुख भएर पनि काम गरे। त्यसपछि उनी काठमाडौं उपत्यकाअन्तर्गत महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रमुखको रूपमा जिम्मेवारी सम्हाले।

उनले रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रमुख भएर पनि काम गरे। महाराजगन्ज र बुटवल तालिम केन्द्रको जिम्मेवारी सम्हालेका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल प्रमुख पनि बने।

त्यसपछि उनी काठमाडौं उपत्यका अपराध कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, काठमाडौं उपत्यका प्रहरी कार्यालयको पनि जिम्मेवारी सम्हालेका थिए। 

शान्ति मिसनअन्तर्गत सुडान र लाइबेरिया गएका उनले विदेश र स्वदेश गरेर २५ तालिममा सहभागी भएका छन्। सरकारले थापालाई प्रबल जनसेवाश्री, सुप्रबल जनसेवाश्री र संयुक्त राष्ट्र संघको ३ वटा गरी विभिन्न ८ वटा पदक तथा विभूषण प्राप्त गरेका छन्। उनलाई प्रहरी कार्य, मानव स्रोत व्यवस्थापन, अपराध अनुसन्धान र व्यवस्थापन तथा विपद् व्यवस्थापन विज्ञको रूपमा पनि चिन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.