परराष्ट्रमन्त्री राणा र मल्दोभाका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र मल्दोभाका विदेशमन्त्रीबीच भेटवार्ता
तस्बिर : परराष्ट्रमन्त्रीको सचिवालय
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग नयाँ दिल्लीमा भेटवार्ता गरेकी छन् । भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरूबीच आजभेटवार्ता भएको हो । 

भेटका क्रममा नेपाल मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। । त्यस अवसरमा मन्त्री डा. राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै यस समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गरेकी थिइन्।

त्यस अवसरमा मन्त्री डा राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपालले तयारी गरिरहेको र त्यसपछि नेपाललाई आवश्यक पर्ने सहयाताका बारेमा पनि जानकारी गराएकी थिइन्। साथै उनले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्यलगायतमा दिएको उम्मेदबारीका बारेमा जानकारी दिँदै त्यसमा मल्दोभाको सहयोगका लागि आग्रह पनि गरिन्।

मन्त्री राणाले यसै हप्ता हुन लागेको विदेशमन्त्री मिहाइ पोपसोइको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा राखेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.