ज्ञानेन्द्र शाहको मुर्खताले देशमा गणतन्त्र आएको हो : प्रचण्ड

ज्ञानेन्द्र शाहको मुर्खताले देशमा गणतन्त्र आएको हो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले राजतन्त्र पुनःस्थापनाको नाममा कलाविहीन नाटक मञ्चन भइरहेको बताएका छन्। सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताले इतिहास बनाइदिएको राजसंस्थाको पुनःस्थापना सम्भव नै नरहेको बताए। 

ज्ञानेन्द्र शाहको मुर्खताले देशमा गणतन्त्र आउनमा सहयोग पुगेको भन्दै प्रचण्डले पछिल्लो समय ज्ञानेन्द्रको मुर्खताबाट सुरु भएको बहसले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन मद्दत गर्ने धारणा राखे। उनले संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएकाले अहिलेको व्यवस्थाविरुद्ध प्रश्न उठाउने दुस्साहस गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।

प्रचण्डले अहिले संशोधन नभइ सबै दल मिलेर समीक्षा गर्न जरुरी रहेको बताए। समीक्षापछि जनताको आवश्यकताका आधारमा संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ। उनले राजतन्त्र फालेका शक्तिहरू एक ठाउँमा आएर जनतालाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए। प्रचण्डले क्रान्तिकारी माओवादी धारहरू छिट्टै एकताबद्ध हुने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.