एसईई परीक्षा सञ्चालन प्रक्रियाबाट बाहिरिए मधेसका मुख्यमन्त्री, ठूलो षड्यन्त्र भएको आरोप

एसईई परीक्षा सञ्चालन प्रक्रियाबाट बाहिरिए मधेसका मुख्यमन्त्री, ठूलो षड्यन्त्र भएको आरोप

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चोरी गराउन ठूलो षड्यन्त्र भएको आरोप लगाएका छन्। एसईईमा मधेस प्रदेश सरकारको निर्णय कार्यान्वयन नभएकाले परीक्षा सञ्चालन प्रक्रियाबाट बाहिरिएको मुख्यमन्त्री सिंहले पत्रकार सम्मेलनमार्फत जानकारी गराए। 

मुख्यमन्त्री कार्यालय मधेस भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले मधेसमा अहिले पनि परीक्षा सुरु नहुँदै प्रश्नपत्र बाहिरिने अवस्थालाई नियन्त्रण गर्न खोज्दा कर्मचारीतन्त्र असहयोग भएको आरोप लगाए। मुख्यमन्त्री सिंहले परीक्षार्थीलाई चिट चोराउन केन्द्राध्यक्ष र शिक्षकको बढ्दो सक्रियता देखिएको आरोपसमेत लगाए। 'यो अवस्था सुधार्न खोजिएको थियो। तर केन्द्राध्यक्ष चयनमा संघ सरकारका कर्मचारी रहने र जिल्ला परीक्षा समितिबाट प्रदेश सरकारको निर्देशन अवज्ञा हुनु दुर्भाग्यपूर्ण र प्रत्युत्पादक रहेको हाम्रो ठहर छ,' उनले भने।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने र शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सदस्य सचिव रहने शिक्षा परीक्षा समन्वय समितिले गरेको केन्द्राध्यक्ष चयनको प्रक्रिया स्वीकार्न नसकिने उनको तर्क थियो। परीक्षा समन्वय समितिहरूले साविककै व्यवस्था दोहोर्‍याउँदै केन्द्र निर्धारण गरिएका विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्त गरेका र नियुक्ति गर्ने प्रक्रिया अघि बढाएकाले परीक्षा प्रक्रियाबाट बाहिरिएको पत्रकारहरूलाई जानकारी दिए।

‘योग्य तथा सक्षम शिक्षकको मनोबल वृद्धि गरी समान अवसरको अनुभूति दिलाउन र परीक्षा सञ्चालनमा स्वार्थ समूहको दबाब वा हस्तक्षेप नियन्त्रण गर्न खोजेका थियौं,’ मुख्यमन्त्री सिंहले भने, ‘स्वार्थ समूहको चासोमा प्रदेश सरकारको निर्णय अटेर गरिएको छ।’ गोलाप्रथाबाटै केन्द्राध्यक्ष नियुक्ति हुनुपर्ने प्रदेश सरकारको सोच रहेको उनले बताए।

पत्रकार सम्मेलनमा सहभागी भएकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले परीक्षामा विकृति, विसंगती तथा बेथिति निम्तिन सक्ने अवस्थामा प्रदेश सरकार साक्षी किनारा भएर बस्न नसक्ने परीक्षा प्रणालीबाट असन्तुष्टि व्यक्त गर्दै बाहिरिएको बताइन्। उनले भनिन, ‘आठै जिल्लाका एसईई परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोला प्रथाबाट केन्द्राध्यक्ष चयन गर्ने कुरा थियो। तर उहाँहरूले मान्नु भएन। उहाँहरूले पुरानै ढर्रामा रकमको चलखेल गरी केन्द्राध्यक्ष नियुक्ति दिएको छ। त्यसैले हामी त्यसविरुद्ध छौं।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.