अमेरिकी वरिष्ठ अधिकारीले भने- नेपाललाई दिइने आर्थिक सहयोगले निरन्तरता पाउँछ

अमेरिकी वरिष्ठ अधिकारीले भने- नेपाललाई दिइने आर्थिक सहयोगले निरन्तरता पाउँछ
सुन्नुहोस्

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलले नेपाललाई दिइने आर्थिक सहायताले निरन्तरता पाउने बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायतासम्बन्धी कार्यकारी आदेश जारी गरेपछि नेपालमा आउने आर्थिक सहयोग निलम्बनमा परेको छ। 

राष्ट्रपति ट्रम्पले नेपालमा दिइने अनुदानलाई 'फ्रड' भनिरहेका बेला उनका वरिष्ठ अधिकारीले भने नेपालमा आउने आर्थिक सहायताले निरन्तरता पाउने दाबी गरेका हुन्। मंगलबार भारतको नयाँ दिल्लीमा परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटवार्ताका क्रममा दक्षिण र मध्य एसिया हेर्ने राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक गिलले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोग निरन्तर गर्ने प्रतिबद्धता गरेका थिए।

राइसिना डायलग कार्यक्रमका लागि नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री राणाले 'साइडलाइन' वार्ता गर्दै गिलसँग हमासको नियन्त्राणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन्। 

विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारलाई आग्रह गरेको स्मरण गराउँदै उनले विपिनको रिहाइका लागि नेपालले अमेरिकी सहयोगको अपेक्षा गरेको बताएकी थिइन्। उनीहरूबीच नेपाल र अमेरिकाको द्विपक्षीय हितका विषयमा पनि छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.