लेखा समिति बैठकमा सभापति पोखरेलविरुद्ध खनिए सांसदहरू

लेखा समिति बैठकमा सभापति पोखरेलविरुद्ध खनिए सांसदहरू
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : सांसदहरूले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक निरन्तर राख्न माग गरेका छन्। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा सांसदहरूले समितिमा उपसमितिको प्रतिवेदन र उजुरीका धेरै चाङ हुँदा पनि समयमा बैठक नबोलाएको भन्दै सभापति ऋषिकेश पोखरेलको भूमिकाप्रति पनि आपत्ति जनाए। 

समिति सदस्य सांसद रामकृष्ण यादवले समितिको बैठक प्रतिनिधिसभाको शून्य समयजस्तै प्रभावविहीन हुन थालेको बताए। समितिको बैठक पर्वजस्तै पण्डितसँग दिन तोकेर बस्ने देखिएको भन्दै उनले आपत्ति जनाए। 

सभापति पोखरेलले एजेण्डामा केन्द्रित हुन आग्रह गरेपछि सांसद यादवले जहिले पनि बीचैमा रोक्ने काम उचित नभएको बताए। सभापति पोखरेलले भने क्यालेन्डर अनुसार नै समितिको बैठक बसेको जिकिर गरे।

त्यस्तै सांसद प्रेमबहादुर आलेले सांसद यादवको भनाइप्रति समर्थन जनाउँदै ११४ वटा उजुरी हुँदा पनि महिनामा एक पटकमात्रै बैठक बस्नु उचित नभएको बताए। राज्यको सम्पत्ति दुरुपयोग भएको विषयमा लेखा समितिले निष्पक्ष र प्रभावकारी ढंगले छानबिन गर्न सक्नुपर्ने उनले बताए। 

उनले डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता उठाउनुपर्ने निर्णय गर्दा सभापतिले नै त्यसलाई रोकेको आरोप लगाए। उनले डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता उठाउनका लागि निर्देशन दिन माग गरे। 

त्यस्तै सांसद मनिष झाले समितिका बैठक नियमित बस्नुपर्ने र समितिबाट भएका निर्देशनको कार्यान्वयनको अवस्था बुझ्नुपर्ने बताए। उनले सिमेन्ट र फलामे डण्डीको मूल्यवृद्धिबारे समितिले दिएको निर्देशन कार्यान्वयन नहुँदा फेरि समितिमा उजुरी आएको जिकिर गरे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.