पुल्चोक क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

पुल्चोक क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

काठमाडौं : पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा दलीय उम्मेदवारहरूलाई पछि पार्दै उनी स्ववियु सभापतिमा निर्वाचित भएका हुन्। 

श्रेष्ठ पुल्चोकमा सिभिल इन्जिनियरिङमा स्नातक पढ्दैछन्। उनी चौथो वर्षमा अध्ययनरत रहेको क्याम्पसले जनाएको छ। श्रेष्ठले ११०२ मतसहित निर्वाचित हुँदा प्रतिद्वन्द्वी माओवादी निकट अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याए।  

श्रेष्ठले केही दिनअघि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै स्वास्थ्य शैक्षिकता, विश्वसनीयता र युग निर्माणको लक्ष्य केन्द्रित बन्ने घोषणा गरेका थिए। उनले क्याम्पससँगै विद्यार्थी र प्राध्यापकको हितका विषयमा पनि काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्।

त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा र कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल निर्वाचित भएका छन्। यसअघि पुल्चोकमा अनेरास्ववियुका विराज अर्याल सभापतिमा निर्वाचित भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.