अहिलेको संविधान निकै राम्रो छ : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलको संविधान निकै राम्रो रहेको बताएका छन्। ललितपुरमा आयोजित कार्यक्रममा देउवाले संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको भन्दै समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलेको संविधान निकै राम्रो रहेको बताए।
उनले अहिलेको प्रणालीले कुनै पनि दलको बहुमत आउन कठिन भएकाले यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने धारणा राखे। पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा अहिलको कांग्रेस ठूलो पार्टी बन्न सफल भएको उनको भनाइ छ।
त्यस्तै सभापति देउवाले संविधानमा महिलालाई दिएको अधिकारका कारण राज्यका विभिन्न निकायमा महिलाको प्रत्यक्ष सहभागीता हुने मौका मिलेको बताए। कार्यक्रममा संविधान संशोधनका विषयमा प्रदेशस्तरीय अन्तर्क्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !