सरकारमा हुँदा ठीक र बाहिरिएपछि सबै बेठीक भन्नेहरूबाट देशको भलो हुँदैन : बाबुराम भट्टराई

सरकारमा हुँदा ठीक र बाहिरिएपछि सबै बेठीक भन्नेहरूबाट देशको भलो हुँदैन : बाबुराम भट्टराई
सुन्नुहोस्

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले ठूला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने बताएका छन्।

बुधबार काठमाडौंको माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा जनदबाब कार्यक्रमको आयोजना गर्दै भट्टराईले संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएर पालैपालो सरकारको नेतृत्व गरेको जनताले देखिसकेको भन्दै ठूला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने बताए। 

सरकारमा रहेका बेला सबै ठीक र सरकारबाट बाहिरिएको भोलिपल्ट सबै बेठीक भनेर गफ दिनेहरूबाट देश र जनताको भलो हुन नसक्ने उनले बताए। त्यस्तै भट्टराईले देशको समस्या राजतन्त्र ल्याएर समाधान हुन्छ भन्ने कुरामा सत्यता नरहेको बताए।

उनले जनताले हटाएको राजसंस्थालाई कुनै महत्त्व दिन आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्र आउन कुनै सम्भावना समेत नरहेको जिकिर गरे। भट्टराईले अहिलेको प्रणालीले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्था कायम हुनुपर्ने धारणा राखे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.