नाउपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, चार थरी केन्द्रीय सदस्य सहभागी हुन पाउने

नाउपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, चार थरी केन्द्रीय सदस्य सहभागी हुन पाउने
सुन्नुहोस्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गतेका लागि बैठक बोलाएकी हुन्। पार्टीमा जारी विवाद र जनमत पार्टीसँग हुने भनिएको एकताका विषयमा छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन्।

बैठकमा 'वैध' र 'अवैध' भनिएका चार थरी केन्द्रीय सदस्यहरूलाई निम्ता गरिएको छ। अध्यक्ष श्रेष्ठले जारी गरेको पत्रअनुसार पार्टीका संरक्षक जेलमा रहँदा बखत बनेका केन्द्रीय सदस्यहरू र केन्द्रीय सदस्यमा अनुमोदित पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार, पालिका प्रमुख र उपप्रमुखहरू पनि रहेका छन्।

त्यस्तै टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ। पार्टीले प्रदान गरेको केन्द्रीय सदस्यको प्रमाण पत्र अनिवार्य गरिएको छ। पार्टीले कारबाही गरेकाहरू भने सहभागी हुन पाउने छैनन्। बैठक मध्य बानेश्वरको सनराइज क्याफेमा हुने भनिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.