असोजमा गएको बाढी, पहिरो र डुवानबाट भएको क्षतिको आंकलन तत्काल अघि बढाउने निर्णय
काठमाडौं : सरकारले गत असोज महिनामा गएको बाढी,पहिरो डुवानबाट भएको क्षतिको विस्तृत क्षति आंकलन अघि बढाउने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३० औं बैठकले गत असोजमा बाग्मती, कोशी प्रदेश लगायतका ठाउँमा अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत क्षति आँकलन तत्काल अघि बढाउने निर्णय गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए।
क्षतिको आंकलन संकलन कार्य आगामी साताभित्रै सुरु गरिने उनले जानकारी दिए । उनले क्षतिको मूल्याङ्कन गरेर निजी आवासहरू अस्थायी बनाउने ठाउँमा अस्थायी र स्थायी बनाउने ठाउँमा स्थायी आवास बनाउने गरी अघि बढ्ने बताए। बैठकमा आगामी दिनमा विपद्बाट हुने सक्ने सबै खालका जोखिम नियन्त्रणका लागि तयार रहँदै आगामी दिनमा तयारीका साथ अघि बढ्ने विषयमा छलफल भएको गृहमन्त्री लेखकले उल्लेख गरे।
त्यस्तै बैठकमा पश्चिम नेपालको भूकम्पबाट भएको क्षति आँकलन गरि स्थायी आवास निर्माणको कार्य पनि अघि बढेको जानकारी दिए । जाजरकोटमा पनि पुर्ननिर्माण र पुर्नस्थापनको काम अघि बढेको र केन्द्रबाट अनुदान पठाउने काम प्रारम्भ भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !