जनमतसँग पार्टी एकीकरण गर्ने एजेन्डासहित नागरिक उन्मुक्तिको बैठक सुरू

जनमतसँग पार्टी एकीकरण गर्ने एजेन्डासहित नागरिक उन्मुक्तिको बैठक सुरू
सुन्नुहोस्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ। सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेको हो। 

दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकताका विषयमा सदस्यहरूलाई औपचारिकरूपमा जानकारी गराउँदै सुझाव लिइने पार्टी वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर पण्डितले जानकारी दिए। बैठकले जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्ने उनले बताए। 

उनले केन्द्रीय कार्यसमिति बैठकपछि जनमत पार्टीसँग पार्टी एकता हुने र यसमा कुनै आशंका नरहेको धारणा राखे। बैठकमा सबै केन्द्रीय सदस्यहरू, पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, प्रथम महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूसमेत उपस्थित छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.