पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न नेतृत्वलाई दवाव दिनुपर्छ : शेखर कोइराला

पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न नेतृत्वलाई दवाव दिनुपर्छ : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्वलाई दवाव दिनुपर्ने बताएका छन्। कांग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले २०८२ साल मंसिर मसान्तभित्रै पार्टीको १५ औं महाधिवेशन हुनुपर्ने भन्दै यसका लागि सबैले नेतृत्वलाई दवाव दिनुपर्ने बताएका हुन्।

समयमा नै हुने महाधिवेशनले पार्टीलाई चलायमान बनाउने भन्दै उनले त्यसो हुन नसके पार्टी नै कमजोर भएर जाने धारणा राखे । महाधिवेशनमा को जित्छ वा हार्छ भन्ने कुरा आफ्नो ठाउँमा रहेको उनले बताए। कोइरालाले समयमा नै महाधिवेशन गरेर २०८४ को चुनावमा एकढिक्का भएर जानुपर्ने र एक्लै लड्नुपर्ने उल्लेख गरे। उनले संघीय लोकतान्त्रीक गणतन्त्र ख्याल–ख्यालमा ल्याएको नभएकाले कसैले यसलाई खोस्न नसक्ने बताए । उनले लोकतान्त्रीक व्यवस्थामा निषेधको राजनीति गर्न खोजे लोकतन्त्र कमजोर हुने धारणा राखे । सरकारमा रहेका दुई ठूला दलले राम्रा काम गर्दै अघि बढ्यो भने डराउनुपर्ने अवस्था नरहेको उनले बताए।

उनले संविधानमा पुनरावलोकन गरेर आवश्यकता अनुसार सुधार गर्नुपर्ने भएपनि त्यसमा ध्यान जान नसकेको जिकिर गरे । कांग्रेस नागरिकको पार्टी भएपनि अहिलेको समस्याको समाधानका लागि मियो बन्न नसकेको उनको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.