विभागका महानिर्देशकहरूलाई मुख्य सचिवको निर्देशन- 'सकिँदैन, हुँदैन' भन्नेहरूले विकल्प खोज्नुस्
काठमाडौं : सरकारका मुख्य सचिव एकनारायण अर्यालले नेपाललाई ग्रे लिष्टबाट मुक्त गराउनका लागि तदारुकताका साथ काम गर्न विभिन्न विभागका महानिर्देशकहरूलाई निर्देशन दिएका छन्। विभागका महानिर्देशहरू सम्मिलित बैठकमा मुख्यसचिव अर्यालले 'सकिँदैन, हुँदैन'जस्ता जवाफ नदिन आग्रहसमेत गरे।
'सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धमा दिइएको सुझावअनुसार नेपाललाई ग्रे लिष्टबाट मुक्त गराउनका लागि तुरुन्त सबै विभागका महानिर्देशकहरूले तदारुकताका साथ सम्बन्धित कसूरको प्रभावकारी अनुसन्धान, अभियोजन र कारबाहीको काम गर्नुहोस्,' मुख्यसचिवले दिइएको निर्देशनमा भनिएको छ।
त्यस्तै यसै आर्थिक वर्षमा राष्ट्रिय परिचय पत्रसँगको सेवा आबद्धतालाई सम्पन्न गर्न पनि मुख्य सचिव अर्यालले निर्देशन दिए। सरकारले प्रयोगमा ल्याएका राहदानी, रजिष्ट्रेशन, मालपोत, सवारीचालक अनुमतीपत्र, राष्ट्रिय परिचयपत्र, कर, आयात निर्यात, कम्पनी तथा उद्योग दर्ता ,विद्युय भुक्तानी, त्रिभुवन विश्वविधालय लगायतका शैक्षिक संस्थाहरूबाट जारी हुने ट्रान्सकिप्ट लगायतका चारित्रिक प्रमाणपत्र, घरबाटै पेन्सनको प्रयोजनका लागि जीवित रहेको विवरण अद्यावधिक गर्नेलगायत सेवाहरूलाई डिजिटल माध्यमबाट नागरिकमैत्री बनाउन पनि उनले निर्देशन दिएका थिए।
प्रतिक्रिया दिनुहोस !