संकल्प सुवर्ण हिमवत्खण्डको

संकल्प सुवर्ण हिमवत्खण्डको
सुन्नुहोस्

अञ्जुलीभित्र सजाएर राखेको हीरा नेपाल
यसको स्पन्दन केन्द्र मुटु काठमाडौं
एउटा बृहत् मिलन, सम्मिलन

एउटा संकल्प सुवर्ण हिमवत्खण्डको।

कथा – हाँगाबाट भुइँमा 
भुइँबाट गुफामा, गुफाबाट यहाँसम्म
एउटा लामो यात्रा, यात्राको वर्णन !
प्रेम, घृणा, लडाइँ ! उन्माद, आर्तनाद !
कठिन तर गौरवको यात्रा
प्रेमपछि प्रेमको कथा हिमवत्खण्ड !

तर, समय फेरिएको छ 
सहरले धेरै कुरा बिर्सिएको छ 
नक्कल धेरै गर्छ, हल्लाका पछि कुद्छ
आजकल सहरमा ‘काग’ ‘काग’ कराउँदै उडिरहेछन्
आफ्नै सभ्यतामाथि बिष्ट्याइरहेछन्
ओहो भाषा ! 
भनाभन ! साँचो–झुटो
सहरमा खोजी भइरहेछ, हराएको मूर्तिको
मूर्ति आफैं हराएन, मूर्तिलाई हराउन मद्दत गर्नेको 
खोजी भइरहेछ भाइमाराको
राष्ट्रिय पकेटमाराको !
तानातान छ, गतिको रथ र पांग्राको
अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने !

तर, 
हिमवत्खण्ड अघि बढ्ने बाटो खोजिरहेछ 
अघि बढ्ने बाटो खनिरहेछ 
अलि पर एउटा स्पष्ट गन्तव्य 
सबै कुरा छोडेर त्यही छुन
एउटा यात्रा, एउटै गन्तव्य
एउटा यो सानो सम्मिलन
संकल्प सुवर्ण हिमवत्खण्डको !!

प्रधानमन्त्री ओलीले मदन भण्डारी कला–साहित्य फाउन्डेसनद्वारा राजधानीमा चैत १–३ मा आयोजित हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१ मा लेखेको कविता।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.