कुनै पनि हालतमा राजतन्त्र ब्यूँताउन सम्भव छैन : एमाले महासचिव पोखरेल

कुनै पनि हालतमा राजतन्त्र ब्यूँताउन सम्भव छैन : एमाले महासचिव पोखरेल
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रम फैलाउनेहरूलाई नियन्त्रण गर्न आमसञ्चार माध्यमले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १०औं महाधिवेशनको उद्‍घाटन गर्दै महासचिव पोखरेलले पुनः लोकतन्त्र मासिए सबैभन्दा बढी प्रहार र दुःख सञ्चारमाध्यमले भोग्नुपर्ने बताउँदै तथ्यमा आधारित भएर सामाजिक सञ्जालमा भइरहेको प्रविधिको दुरुपयोग नियन्त्रण गर्नुपर्ने बताए।

उनले कुनै पनि हालतमा राजतन्त्र `ब्यूँताउन सम्भव नभएको स्पष्ट पार्दै गणतान्त्रिक सोच भएका जनताले कदापि नस्वीकार्ने बताए। महासचिव पोखरेलले पछिल्लो समय जनतामा देखिएको निराशा अन्त्य गर्न छलफल गरिनुपर्ने बताए। राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेको बताउँदै उनले राजनीतिक स्थायित्व हुनुपर्ने बताए।

तीन दिनसम्म आयोजना हुने सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ। महाधिवेशनमा करिब ९ सय प्रतिनिधिहरू सहभागी भएको आयोजकले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.