राजावादीविरुद्ध तत्काल शक्ति प्रदर्शन गर्ने आवश्यकता नरहेको कांग्रेसको निष्कर्ष

राजावादीविरुद्ध तत्काल शक्ति प्रदर्शन गर्ने आवश्यकता नरहेको कांग्रेसको निष्कर्ष

काठमाडौं : नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्यालाई सम्बोधन गर्न सकिने निष्कर्ष निकालेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले जनता नै सार्वभौम भएको निष्कर्ष निकालेको हो।

'नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो। नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिवद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ,' बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता प्रकाशशरण महतले भने। 

उनले राजनीतिक दलहरू राजावादीविरुद्ध प्रदर्शन गर्ने घोषणा गरे पनि कांग्रेस अहिल्यै त्यसतर्फ नजाने बताए। 'अहिल्यै हामी शक्ति प्रदर्शन गर्ने आवश्यकता ठानेका छैनौं। संविधानका खिलाफ भइरहेका गतिविधिबारे पार्टी संरचनामा छलफल गरिरहेका छौं। सबै राय सुझावअनुसार नै अघि बढ्छौं,' उनले भने।

प्रवक्ता महतले सरकारको काम कारबाहीका विषयमा पनि बैठकमा छलफल भएको बताए। उनले जनताको समस्या समाधान गर्ने गरी सरकारले काम गर्नुपर्ने आवश्यकता बैठकले औंल्याएको बताए। 

त्यस्तै संविधानको संरक्षण, सम्वर्द्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ रहेको निर्णयमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.