उद्योगीहरूसँग लिनुपर्ने बक्यौता तत्काल असुल गर्न शाक्यलाई मन्त्री खड्काको निर्देशन
काठमाडौं : जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकारणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।
मन्त्री खड्काले नवनियुक्त कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरूसँग प्राधिकरणले लिनुपर्ने बक्यौता तत्काल असुल गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिए। उनले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत् प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन दिए।
शाक्यले आफ्नो मन वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए। मन्त्रालयका सचिव सुरेश आचार्यले अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिएका थिए।
प्रतिक्रिया दिनुहोस !