विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, प्रधानमन्त्रीको जवाफ माग

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, प्रधानमन्त्रीको जवाफ माग
सुन्नुहोस्

काठमाडौं : विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलहरूले संसद अवरुद्ध पारेका थिए।

विपक्षी दलले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ। नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरे। उनले कुलमानलाई स्पष्टीकरण सोधेर सरकारले नौटंकी रचेको बताए। 

'सरकारको आदेश पालना भएन रे। कस्तो आदेश पालना भएन सरकारले प्रस्ट पारोस्,' उनले भने। सरकारले कुलमानमाथि हुकुमी आदेश लाद्न खोजेको उनको आरोप छ। उनले सरकारको निर्णय फिर्ता लिनुपर्ने र यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने संसदसँग माग गरे।

विपक्षीको निरन्तरको अवरोधले संसद केहीबेरका लागि स्थगित गरिएको थियो। दोस्रोपटक बसेको बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरे। यसअघि राष्ट्रिय सभा बैठक विपक्षी दलको अवरोधका कारण स्थगित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.