प्रधानमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अघि बढ्छ : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुलमानका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नसक्ने बताएका छन्।
बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न नसक्ने स्पष्ट पारे। विपक्षीले राखेको मागलाई प्रधानमन्त्रीले सहजरूपमा लिनुपर्ने उनको भनाइ छ।
उनले प्रधानमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अघि बढ्ने जिकिर गरे। प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विषयमा प्रधानमन्त्रीसँग सहमति भएपछि आफू हिंडेको र त्यस दिन कुलमानबारे कुनै चर्चा नभएको बताए। तर संक्रमणकालीन न्यायसम्बन्धी छलफलपछि कुलमानका विषयमा निर्णय गरेर प्रधानमन्त्रीले जालझेल गरेको आफूलाई महसुस भएको उनले गुनासो गरे। उनले संक्रमणकालीन न्यायसँग कुलमान साट्यो भनेर भ्रम फैलाइएको प्रति आफू दुखित भएको बताए।
प्रतिक्रिया दिनुहोस !