चैत १५ को जनप्रदर्शनलाई अवरोध गर्ने मुर्खता नगर्न राजावादीलाई मोर्चाको चेतावनी

चैत १५ को जनप्रदर्शनलाई अवरोध गर्ने मुर्खता नगर्न राजावादीलाई मोर्चाको चेतावनी
सुन्नुहोस्

काठमाडौं : समाजवादी मोर्चाले चैत १५ मा गर्न लागेको जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको छ। नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले गणतन्त्र पक्षधरको जनप्रदर्शनलाई कमजोर बनाउन अवरोध गर्ने सोँच देखिएको भन्दै जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको हो।

बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाको जनप्रदर्शनलाई अवरोध गर्ने मुर्खतापूर्ण काम नगर्न चेतावनी दिए। उनले अग्रगमनका विरुद्ध हुने अन्य प्रदर्शन सह्य नहुने बताए। चैत १५ गते समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप र राजावादीहरू काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्न लागेको छ।

प्रवक्ता विश्वकर्माले राष्ट्रिय स्वाधीनताको पक्षमा जनप्रदर्शन गरिएको भन्दै सहभागी हुन अपील गर्ने निर्णय गरेको जानकारी दिए। हजारौंको संख्यामा जनप्रदर्शनमा सहभागीता हुने र कोटेश्वर, कुपण्डोल, कालिमाटीलगायतका स्थानबाट जुलुशसहित भृकुटिमण्डप पुगेर सभामा परिणत हुने उनले बताए।

बैठकमा संसदको गतिरोधका बिषयमा पनि छलफल भएको थियो। कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिनेमा एकमत रहेको विश्वकर्माले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.