संसद बैठक प्रभावित भएपछि सत्ता पक्षले भन्यो- विपक्षी दलको क्रियाकलाप संविधान विपरीत

संसद बैठक प्रभावित भएपछि सत्ता पक्षले भन्यो- विपक्षी दलको क्रियाकलाप संविधान विपरीत

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलमान घिसिङको विषय अदालतमा गइसकेकाले सदन अवरुद्ध गर्नु उचित नभएको बताएका छन्। 

बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले अदालतमा प्रवेश गरेको विषयलाई सदनमा उठान गर्नु संविधान विपरीत भएको बताए। प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न दिन्न भनेर विपक्षी दलले संविधान विपरीतको काम गरेको उनले बताए। 

कुलमानका विषयमा विभागीय मन्त्री वा उपप्रधानमन्त्रीले जवाफ दिने जानकारी गराए पनि विपक्षी दलले अस्वीकार गरेको जानकारी दिए। विपक्षी दलको क्रियाकलाप सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई निष्कृय बनाउनका लगाउनका लागि उद्धत देखिएको उनको भनाइ छ। 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद अवरुद्ध गर्नु उचित नभएको बताए। सरकारले गरेको हरेक निर्णयको जवाफ प्रधानमन्त्रीले सदनमा आएर दिनुपर्ने नजिर बसाउन नहुने उनको भनाइ छ। उनले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनु गलत भएको उनले बताए। शर्माले आफू र अर्का महामन्त्री गगन थापाले पार्टीको पदाधिकारीका साथै प्रधानमन्त्री र मन्त्रीलाई कुलमानलाई नहटाउनको लागि सुझाव दिएको दाबी गरे।

यसैबीच प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। बिहीबार बोलाइएको बैठक विशेष कारणबस निर्धारित समयमा बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। यसअघि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएको सारिएको थियो। दिउँसो २ बजे पनि बस्न नसकेपछि शुक्रबारका लागि बैठक सारिएको हो। सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले पहल गरे पनि सहमति भने हुन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.