थप ४ घण्टा विद्युत् दिन भारत तयार, अब लोडसेडिङ नहुने

थप ४ घण्टा विद्युत् दिन भारत तयार, अब लोडसेडिङ नहुने
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : भारतबाट थप विद्युत् आपूर्ति हुने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र परराष्ट्रमन्त्री आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति गरेको हो।

इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत् दिने स्वीकृत भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ। उक्त विद्युत् ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ। हालः भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो।

भारतले मध्यरातदेखि विहान ४ बजे, विहान ६ बजेदेखि साँझ ५ बजे र राति ११ बजेदेखि १२ बजेसम्म विद्युत्  दिने सहमति जनाएको हो। टनकपुर-महेन्द्रनगर प्रसारण लाइनबाट थप ५४ मेगावाट विजुली आयात गर्न सकिने बताइएको छ।

ऊर्जामन्त्री खड्काको अनुरोध र परराष्ट्र मन्त्री राणाको कूटनीतिक पहलपछि भारतले थप विद्युत् दिने सहमति जनाएको हो। नेपालमा सुख्खा याममा हुने विद्युत् समस्या समाधानका लागि सरकारले भारतसँग थप विद्युत् माग गरेको थियो। ऊर्जामन्त्री खड्काले भारतले थप विद्युत् उपलब्ध गराउनु सबैका लागि खुसीको कुरा भएको बताए। 'नेपाली जनतालाई २४सै घण्टा विद्युत् दिन सरकार प्रतिबद्ध छ। लोडसेडिङ हुने हल्लामात्र हो। हल्लाको पछि कोही पनि नलागौं,' उनले भने।

नेपाल विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने हल्ला चलेको थियो। तर, भारत सरकारले हाल: उपलब्ध गराउँदै आएको विद्युतका अतिरिक्त ६ सय मेगावाट विद्युत दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.