लुम्बिनीमा के गर्दैछिन् पूर्वराष्ट्रपति भण्डारी?

लुम्बिनीमा के गर्दैछिन् पूर्वराष्ट्रपति भण्डारी?
फाइल तस्बिर
सुन्नुहोस्

रुपन्देही : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देहीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आज रुपन्देही आएकी छिन्। उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो। 

सद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले चैत १६ गते नगरपालिकाले भैरहवामा आयोजना गर्न लागेको महिला नेतृहरुबीच अन्तरसंवाद कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख आतिथी रहेको बताइन्। 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सचिव पद्यमा अर्याल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट पूर्वसञ्चारमन्त्री रेखा शर्मा, नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य गङ्गा शाहीलाई वक्ताका रुपमा आमन्त्रण गरिएको छ। 

महिला जनप्रतिनिधिहरुबीच कार्यसम्पादनमा आइपरेका समस्या, समाधान, उपलब्धि, भावी सम्भावनालगायतका विषयमा केन्द्रित रहेर अन्तरसंवाद आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए। 

कार्यक्रममा लुम्बिनी प्रदेशका महिला सांसद, स्थानीय तहका महिला प्रमुख, उपप्रमुख, महिला अध्यक्ष, उपाध्यक्ष, महिला वडाअध्यक्ष र महिला कार्यपालिका सदस्यलाई आमन्त्रण गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन्। 

भैरहवास्थित होटल भिलासामा आज पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा (एमाले) का नेता–कार्यकर्ता, सांसदलगायतले भेटघाट गरेका छन्। उनलाई भेट्न सिद्धार्थ भिलासामा एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, केन्द्रीय सदस्य खिमलाल भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, नेताहरू दधिराम खरेल, जिल्ला अध्यक्ष यज्ञ गैरेलगायत पुगेका थिए। 

पूर्वराष्ट्रपति भण्डारी शुक्रबार लुम्बिनीमा एक बौद्ध विहारको शिलान्यास  गर्ने कार्यक्रम रहेको सांसद तथा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.