पोसिलो खाना खाऔं, स्वस्थ रहौं
खानेकुरा किन खाने ? कतिपय ठट्यौली जवाफ दिन सक्छन, भोक मेटाउन। वास्तवमा शरीरलाई चुस्त, फुर्तिलो र बलियो बनाइराख्न जहिले पनि स्वस्थ र पौष्टिकयुक्त खाद्य पदार्थहरू खानुपर्छ।
मानव शरीरलाई विभिन्न खालका पौष्टिक तत्वको आवश्यकता पर्छ। शरीर स्वस्थ भए मस्तिष्क पनि स्वस्थ हुन्छ। शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य एकै सिक्काका दुई पाटा झैं हुन्। हाम्रो शरीरलाईे विभिन्न पौष्टिक पदार्थहरू जस्तै कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज, लवण र पानी आवश्यक पर्छ।
खाद्यान्नको अभावमा र खाद्यान्न भएर पनि मात्रा मिलाएर खान नजान्दा कुपोषण हुन्छ। घरमा भएका खाद्यान्नलाई सन्तुलित भोजन बनाएर खाने हो भने कुपोषणबाट बच्न सकिन्छ। स्वास्थ्य प्रवद्र्धनका लागि पोषणयुक्त खानालाई सन्तुलित रूपमा मिलाएर खाने बानीको विकास गर्नुपर्छ।
हाम्रो घर वरिपरि पाइने पौष्टिकयुक्त सागसब्जी, मकै, गहुँ, कोदो, गेडागुडी, फलफूलजस्ता खाद्य पदार्थहरूलाई सन्तुलित रूपमा मिलाएर खानुपर्छ। बजारमा पाइने चाउचाउ, बिस्कुट, चकलेटजस्ता खाद्य पदार्थहरूमा पौष्टिक तŒव कम पाइन्छ। त्यसैले यी खाद्य पदार्थहरू स्वास्थ्यका लागि धेरै फाइदाजनक हुँदैनन्।
प्रतिक्रिया दिनुहोस !