अन्नपूर्ण पोस्ट्को कार्यालयमा राजावादी आन्दोलनकारीको ढुंगामुढा

अन्नपूर्ण पोस्ट्को कार्यालयमा राजावादी आन्दोलनकारीको ढुंगामुढा
तस्बिर : सुनिता डंगोल

काठमाडौं : राजावादी समर्थित प्रदर्शनकारीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्। प्रहरीले तीनकुनेबाट तितरवितर पारेपछि उनीहरू अन्नपूर्ण कार्यालय अगाडि आएर ढुंगामुढा गरेका हुन्। 

त्यसअघि राजावादी आन्दोनकारीहरूले तीनकुनेको एक घरमा आगलागी गरेका थिए। 

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोज्दा उनीहरूले मानेन। त्यसपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। अश्रुग्यास प्रहारबाट केही प्रहरी र प्रदर्शनकारीहरू घाइते भएका छन्। 

आन्दोलनकारीहरूले अराजक मच्चाउन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर तितरवितर गरेको हो। अहिले राजावादीको सभास्थल सुनशान बनेको छ। 

प्रदर्शनकारीहरू केही तीनकुनेबाट एयरपोर्टतर्फको सडकमा र केही कोटेश्वरतिरको सडकमा भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.