राजावादीहरूले एकीकृत समाजवादीको कार्यालयमा पनि लगाए आगो
काठमाडौं : एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।
आगजनीका कारण महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए । भित्र रहेका सामानहरू पनि बाहिर ल्याएर जलाएको उनले बताए।
त्यस्तै कोटेश्वरको भाटभटेनीमा पनि तोडफोड भएको छ । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर केहि सामान लुटेको प्रहरीले जनाएको छ । त्यसक्रममा प्रदर्शनकारीले भाटभटेनीमा रहेका दर्जनबढी गाडी तोडफोड गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !