अन्नपूर्ण मिडियामाथिको आक्रमणलाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकन नेताको अपील
भर्जिनिया : अमेरिकाको डेमोक्रेटिक पार्टीका नेता एड्रियन पोखरेलले अन्नपूर्ण मिडिया नेटवर्कमा भएको तोडफोड र आगजनीको निन्दा गरेका छन्।
आतंककारी गतिविधि गर्दै तोडफोड गरेको प्रति आपत्ति जनाउँदै उनले उक्त आक्रमणलाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायसँग अपील गरे। उनी यूएस कांग्रेसका लागि भर्जिनिया १० बाट उमेदवारसमेत बनेका थिए।
तीनकुनेमा शुक्रबार भएको प्रदर्शनका क्रममा राजावादी समर्थकहरूले अन्नपूर्ण पोस्ट्को कार्यालयमा तोडफोड गरेका थिए। प्रदर्शनकारीले अन्नपूर्णको कार्यालयमा आगजनी प्रयास समेत गरेका थिए।
प्रतिक्रिया दिनुहोस !