राजावादीको प्रदर्शनबारे कांग्रेसले भन्यो- हिंसा भड्काउने र सहभागी हुनेहरूलाई कडा कारबाही गर्नू

राजावादीको प्रदर्शनबारे कांग्रेसले भन्यो- हिंसा भड्काउने र सहभागी हुनेहरूलाई कडा कारबाही गर्नू
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शनका नाममा गरेको हिंसात्मक घटनाको निन्दा गरेको छ। व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधनमा भएको तोडफोड र आगजनीलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको हो।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हिंसा भड्काउने र हिंसामा सहभागी हुने सबैलाई कानुनी दायरमा ल्याउन माग गरेका छन्। लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र भएको र कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन नसक्ने कांग्रेसको निष्कर्ष  छ। उसले सबै राजनीतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपीलसमेत गरेको छ।

'संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई नेपाली कांग्रेस सदैव सम्मान गर्दछ। तर, आज राजधानीको तीनकुनेलगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा जेजस्तो हिंसात्मक घटना भएका छन् त्यो अत्यन्तै निन्दनीय छ। लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२/०६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनर्स्थापित गरेको थियो। संसद मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका नेपाली जनताका प्रतिनिधिहरूको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो। यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौं। नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट सम्भव छ। नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं। हामी जान्दछौं कयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं। नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यही संविधानको दायरा भित्रबाटै क्रमशः गर्न सकिन्छ। सरकारलाई आग्रह गर्दै, हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गर्दछ,' विज्ञप्तिमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.