मोर्चाले सडकमा जनता नउतारेको भए अझ ठूलो दुर्घटना हुन्थ्यो : प्रचण्ड

मोर्चाले सडकमा जनता नउतारेको भए अझ ठूलो दुर्घटना हुन्थ्यो : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निरंकुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गर्ने सही समय आएको बताएका छन्।

शनिबार काठमाडौंमा प्रेस सेन्टरको पाँचौं महाधिवेशन उद्‍घाटन गर्दै प्रचण्डले गणतन्त्रवादीले निरंकुशतावादी र आपराधिक मनस्थितिका मान्छेहरूलाई कडा कारबाही गरेर आफू पनि सच्चिने र जनताको हितमा अघि बढ्ने सही समय आएको बताए। 

सरकारले अहिलेको समयमा कडा कदम चाले आफूहरूको पनि समर्थन हुने उनले बताए। प्रचण्डले सरकारले सम्झौता गर्ने र भ्रष्ट तत्त्वलाई चलखेल गर्ने अवसर प्रदान गरे देशलाई फाइदा नपुग्ने धारणा राखे। उनले समाजवादी मोर्चाले पचासौं हजार जनता सडकमा नउतारेको अझै ठूलो दुर्घटना हुने खतरा देखिएको तर्क गरे। 

निरंकुश राजतन्त्रका समयमा पनि सञ्चारमाध्यम उनीहरूको निशानामा परेको भन्दै प्रचण्डले अहिले पनि राजावादीहरूले सञ्चारमाध्यमलाई निशाना बनाएको बताए। गणतन्त्रवादको मर्मलाई आत्मसाथ गर्दै भ्रष्टाचारीको संरचना र बिचौलियासँग साँठगाँठ बन्द गरे गणतन्त्रवादीको एकता हुने उनको भनाइ छ। उनले सत्ता गठबन्धनले लाभका लागि सेटिङ गर्दै कर्मचारी नियुक्त गर्न के गरिरहेको छ भन्ने आफूलाई जानकारी भएको बताए। राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्दा मुलुकको अर्थतन्त्र सुधार गर्ने गरी अघि बढ्न उनले सुझाव दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.