तीनकुनेमा सरकारले नै हिंसा भड्कायो, सत्य तथ्य छानबिन होस् : राजेन्द्र लिङ्देन

तीनकुनेमा सरकारले नै हिंसा भड्कायो, सत्य तथ्य छानबिन होस् : राजेन्द्र लिङ्देन
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीनकुनेमा शुक्रबार भएको राजावादीको प्रदर्शनमा सरकारले नै हिंसा भड्काउने काम गरेक आरोप लगाएको छ। शनिबार बसेको पार्टीको बैठकपछि बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्वक भइरहेको प्रदर्शनलाई सरकारले नै भड्काएको आरोप लगाए।

उनले छतबाट प्रहरीले गोली चलाएर, म्याद गुज्रेको टियर ग्रयास प्रहार गरेर हिंसा भड्काएको आरोप लगाए। 'प्रदर्शनमा कसैले अशान्ति मच्चाए पक्राउ गर्ने अधिकार प्रहरीलाई छ। त्यहाँको सुरक्षा व्यवस्था कायम गर्ने जिम्मा पनि सरकारको हो। तर, गल्ती गर्नेलाई पक्राउ नगर्ने र सभामा योजनाबद्ध ढंगले छतबाट गोली र अश्रु ग्यास प्रहार गर्नु नियोजित होइन र?,' उनले प्रश्न गरे।

उनले तीनकुनेमा आयोजित प्रदर्शनमा आफूहरूको नैतिक समर्थन रहेको स्वीकार समेत गरे। 'विरोध प्रदर्शनमा हाम्रो नैतिक समर्थन थियो। हाम्रा नेता-कार्यकर्ताहरू खटिएका पनि थिए। तर, सरकारले त्यहाँ हिंसा भड्काउने काम गर्‍यो,' उनले भने।

उनले आफ्ना नेताद्वय रविन्द्र मिश्र र सांसद धवल शमशेर राणाको बचाउसमेत गरे। उनले उनीहरूको संलग्नता देखिए कारबाही गर्न चुनौती पनि दिए। 'रविन्द्र मिश्र र धलव शमशरे राणामाथि पनि छानबिन गरियोस्। उनीहरूले आगो लगाउनुस् बोलेको छ कि छैन भनेर पनि पत्ता लगाइयो्,' उनले भने। 

उनले प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्न घाइतेको निशुल्क उपचार गर्न माग गरे। त्यस्तै नागरिक स्तरबाट, मानव अधिकारको क्षेत्रबाट र सरकारी स्तरबाट पनि सत्य तथ्य छानबिन गर्न अध्यक्ष लिङ्देनले माग गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.