रविन्द्र मिश्र र धवल शमशेरलाई रिहाइ गर्न राप्रपाको २४ घन्टे अल्टिमेटम

रविन्द्र मिश्र र धवल शमशेरलाई रिहाइ गर्न राप्रपाको २४ घन्टे अल्टिमेटम
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गर्न माग गरेको छ। पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीनकुने घटनाको छानबिनका लागि स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो। 

बैठकले उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र बिनासर्त रिहा गर्न अल्टिमेटम दिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। आफ्ना नेताहरूलाई रिहा नगरिए देशभर विरोधका कार्यक्रमहरू गर्ने र त्यसलाई आन्दोलनका रूपमा उठाएर लैजाने उनले बताए। 

बैठकले राजावादीको प्रदर्शनका क्रममा भएको घटना सरकारकै कारणले निम्तिएको निष्कर्ष निकालिएको उनले बताए। शुक्रबारको प्रदर्शनमा सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको र हिंसा भड्काउन उद्धत रहेको लिङ्देनले बताए। उनले शान्तिपूर्ण सभा चलिरहेको स्थानमा सुनियोजित रूपमा अश्रुग्यास प्रहार भएपछि घटना घट्न पुगेको जिकिर गरे। 

बैठकले शुक्रबार भएको घटनामा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्न पनि माग गरेको छ। अध्यक्ष लिङ्देनले सरकारले शुक्रबारको घटनामा सुरक्षा दिन नसकेको धारणा राखे। बैठकले यस घटनालाई लिएर पूर्वराजालाई राजनीतिमा तान्ने काम रोक्न अपीलसमेत गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.