कांग्रेसको निष्कर्ष : तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ

कांग्रेसको निष्कर्ष : तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले तिनकुने क्षेत्रमा भएको आक्रमणको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा तीनकुनेमा प्रदर्शन भएको र अराजकता फैलाइएको आरोप लगाएको छ।

राजावादीहरूको पूर्वयोजनाअनुरुप निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको निष्कर्ष निकालिएको कांग्रेस प्रक्ता प्रकाशशरण महतले बताए। उनका अनुसार बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाका विषयमा ब्रिफिङ गरेका थिए। गृहमन्त्री लेखकले प्रहरीले राजावादीको सभास्थल ताकेर कुनै गोली वा टियर ग्यास प्रहार नगरेको बताका थिए।

'राजावादीहरूले जुन हिसाबले लक्षित गरी आक्रमण गर्‍यो। निजी घर, व्यसायीक घर, मिडिया हाउसमा तोडफोड गरियो। त्यको कांग्रेसले भर्त्सना गरेको छ,' प्रवक्ता महतले भने, 'यो निरंकुश शासन लाद्‍ने मनसायका साथ यो घटना घटाइएको छ। सिधै यहाँ-यहाँ आक्रमण गर्ने योजना भएको छ। यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ।'

पूर्वराजाकै निर्देशनमा तिनकुनेमा अराजकता फेलाउनेहरू भेला भएको कांग्रर्सको आरोप छ। तोडफोड र आगजनीमा संलग्नलाई कानुनी कारबाही गर्न कांग्रेसले माग गरेको महतले बताए। उनले छिट्टै यस विषयमा सर्वदलीय बैठक आह्वन हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.