सर्वदलीय बैठकको निष्कर्ष- तीनकुने क्षेत्रमा भएको घटनामा ज्ञानेन्द्र शाह दोषी, कारबाही गर्नुपर्छ

सर्वदलीय बैठकको निष्कर्ष- तीनकुने क्षेत्रमा भएको घटनामा ज्ञानेन्द्र शाह दोषी, कारबाही गर्नुपर्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर दलहरूको बैठकले तीनकुने क्षेत्रमा भएको हिंसाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। आइतबार सिंहदरबारमा बसेको दलहरूको बैठकले पूर्वराजाको गतिविधिलाई सामान्य मान्न नहुने बताएका हुन्।

गृहमन्त्री रमेश लेखकले तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिको सबै दलले भर्त्सना गरेको बताए। उनले संविधान समाप्त गर्ने खेलमा पू्र्वाराजा ज्ञानेन्द्र लागेको दलहरूको आरोप रहेको बताए। दलका नेताहरूले पूर्वराजालाई कारबाही गर्नुपर्ने आग्रह गरेको उनको भनाइ छ।

'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि भइरहेको षडयन्त्रमाथि दलहरूबीच छलफल भयो। धेरै लामो संघर्ष र बलिदालीपछि यो व्यवस्था आएको छ। त्यसकारण यो संविधानको रक्षा गर्ने कुरामा हामी सबै एकमत छौं। यसै व्यवस्थाको माध्यमबाट नागरिकलाई थप सुविधा र समृद्धिमा लैजान सकिने निष्कर्ष निकाल्यौं। तर, व्यवस्था उल्ट्याउने र संविधान समाप्त गर्ने गतिविधिलाई सामान्य मान्न सकिँदैन। चैत १५ गते बर्बरतापूर्वक भएको घटनाका दोषी पूर्वराजा ज्ञानेन्द्र हुन् भन्ने सबै दल एकमत छन्,' गृहमन्त्री लेखकले भने।

उनले फागुन ७ गतेपछि पूर्वराजा ज्ञानेन्द्रले संविधान विपरीत गतिविधिमा लागेको आरोप लगाए। 'फागुन ७ गतेपछि पूर्वराजाले जुनखालका गतिविधि गरेका छन्। र, चैत १५ मा जुन हिंसात्मक घटना घटाइएको छ। संविधान विरोधी त्यस्ता गतिविधि सह्य छैन। क्षम्य हुँदैन,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.