माओवादी सांसदको आरोप- प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो भएन

माओवादी सांसदको आरोप- प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो भएन
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताएका छन्। 

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले कुलमान घिसिङलाई पदबाट हटाउनुको कारण माग गरे पनि प्रधानमन्त्री आलटाल गरेर जवाफ दिएकाले चित्तबुझ्दो नभएको बताए।

उनले ऊर्जामन्त्रीले कमिशन मागेको र जलाशययुक्त आयोजना निजीकरणको निर्णयको विरोध गर्दा कुलमानलाई हटाएको विषयलाई प्रधानमन्त्रीले बंगाएर ऊर्जामन्त्रीप्रति उत्तरदायी नभएका कारण हटाइएको भनेर दिएको जवाफ गलत रहेको जिकिर गरे। प्रधानमन्त्रीको जवाफले कुलमानलाई गैरकानुनी रूपमा हटाइएको प्रमाणित भएको उनको भनाइ छ। 

सांसद दाहालले प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नहुँदा पनि गणतन्त्रविरोधी हर्कतको एक भएर सामना गर्न सदन खुलाउन सहमत भएको बताए। यसअघि कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले लगातार सदन अवरुद्ध गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.