सांसदहरू भन्छन्- हिउँदे अधिवेशन विधेयक निर्माणका हिसाबले सफल

सांसदहरू भन्छन्- हिउँदे अधिवेशन विधेयक निर्माणका हिसाबले सफल
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : सांसदहरूले संघीय संसदको हिउँदे अधिवेशन विधेयक निर्माणका हिसाबले सफल भएको बताएका छन्। अधिवेशन अन्त्य भएपछि मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले हिउँदे अधिवेशन विभिन्न घटनाक्रम भए पनि विधेयक निर्माणका हिसाबले सफल भएको बताए। 

नेकपा एमालेका सांसद योगेश भट्टराईले हिउँदे अधिवेशनमा १३ वटा विधेयक पारित भएको भन्दै विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको उल्लेख गरे। यसबीचमा विषयगत समितिलेहरूले पनि गम्भीरतापूर्वक काम गरेको र सरकारले समेत महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गरेको उनले बताए।

त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले संसदको विधेयक अधिवेशनमा २१ वटा कानुन निर्माण गर्ने प्रतिबद्धता गरेको भन्दै त्यसमध्ये महत्त्वपूर्ण विधेयक अघि बढेको बताए। सदन धेरै दिन बन्द गर्ने परिपार्टी अन्त्य भएको र राजनीतिक स्थायित्वका लागि दलहरू गम्भीर देखिएको उनले बताए। सरकारको कामकारबाहीमा चित्त नबुझेको भन्दै गति बढाउनुपर्ने देखिएको उनको भनाइ छ।

त्यस्तै रास्वपा सांसद सोबिता गौतमले हिउँदे अधिवेशन निकै चुनौतीपूर्ण देखिए पनि विधेयकहरू अघि बढ्न सफल भएको बताइन्। उनले सदनको कामकारबाही नियन्त्रणमुखी देखिएको टिप्पणी गरिन्। हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको २७ वटा बैठक बसेको थियो। 

अधिवेशनमा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएको थियो, जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सभाबाट पारित भएका छन् भने ४ वटा विधेयक समितिमा विचाराधीन छन्। त्यस्तै ३ वटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत मात्रै भएका छन्। त्यस्तै राष्ट्रियसभाबाट प्राप्त ७ वटा विधेयकमध्ये ४ वटा विधेयकलाई पारित गरी प्रतिनिधिसभाले राष्ट्रियसभामा फिर्ता पठाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.