तीनकुने प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई १० लाख दिने सरकारको निर्णय

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई १० लाख दिने सरकारको निर्णय
सुन्नुहोस्

काठमाडौं : तीनेकुने क्षेत्रमा भएको प्रदर्शनमा ज्यान गुमाएका दुई जनाका परिवारलाई सरकारले रातहस्वरुप १०/१० लाख दिने निर्णय गरेको छ। बुधबार गृहमन्त्री रमेश लेखकले मृतक परिवारलाई राहतस्वरुप दस-दस लाख प्रदान गर्ने निर्णय गरेको मन्त्रालयका उपसचिव रविन्द्र आचार्यले जानकारी दिए।

उनका अनुसार यस विषयमा गृहले अर्थ मन्त्रालयसँग समन्वय गरिसकेको छ। 'मन्त्रीज्युले अर्थ मन्त्रालयसँगको समन्वयपछि मृतक परिवारलाई दस-दस लाख क्षतिपूर्ति दिने निर्णय गर्नुभएको छ। मृतक परिवारबाट दाबी आएपछि उक्त रकम हस्तान्तरण गरिनेछ,' सहसचिव आचार्यले अन्नपूर्णसँग भने।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको थियो। सरकारले यसअघि नै प्रदर्शनका क्रममा घाइते भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.