प्रधानमन्त्री ओली र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ। थाइल्यान्डको बैंककमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो।
 
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंककमा रहेका प्रधानमन्त्री ओलीसँग भुटानका प्रधानमन्त्री तोब्गेसँग 'साइडलाइट' भेटवार्ता भएको हो। 

उनीहरूबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ७९औं महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। 

भुटानका प्रधानमन्त्री तोब्गेले प्रधानमन्त्री ओलीसँग दुई राष्ट्रबीचको लामो समयदेखिको सम्बन्धको बारेमा छलफल भएको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, 'हाम्रो सहयोगलाई अझ सुदृढ पार्ने अवसरहरू खोज्यौं।'

भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.