आन्दोलनकारीले मिडियामाथि निशाना साँधे, कानुनी कारबाही होस् : सांसद गौतम

आन्दोलनकारीले मिडियामाथि निशाना साँधे, कानुनी कारबाही होस् : सांसद गौतम
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले अन्नपूर्ण पोस्ट्लगायत मिडियामाथि भएको आक्रमणको निन्दा गरेकी छन्। बिहीबार तीनुकनेस्थित अन्नपूर्णको कार्यालयमा निरीक्षण गर्दै सांसद गौतमले मिडियामाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने बताइन्।

पछिल्लो समय आन्दोलनकारीले मिडियामाथि नै निशाना साँध्नु चिन्ताजनक भएको उनको भनाइ छ। 'अहिले मिडियामाथि नै निशाना साँध्ने खालको ट्रेन्ड चलेको देखिन्छ। त्यसलाई रोक्न ठूलो चुनौती छ। यस्ता मानसिकता जोसुकै होस्। चाहे त्यो राजावादी होस् या अरु कोही। कानुनी कारबाही गर्नुपर्छ। यस्तो दण्ड गरियोस् कि आगामी दिनमा यसखालको घटना नघटोस्,' सांसद गौतमले भनिन्।

उनले मिडियालगायत व्यापार व्यवसायमा ठूलो क्षति भएकाले उचित राहत सरकारले उपलब्ध गराउनुपर्ने बताइन्। 'व्यापार व्यवसायमा ठूलो क्षति भएको छ। मिडियामा क्षति भएको अवस्था छ। त्यसको उचित क्षतिपूर्ति सरकारले दिनुपर्छ। सबैको बीमा हुन्छ भन्ने पनि छैन,' उनले भनिन्।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा अन्नपूर्ण मिडियामा आक्रमण भएको थियो। आक्रमणकारीले अन्नपूर्णको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। अन्नपूर्णका महाप्रबन्धक मनोज बस्नेतले सांसद गौतमलाई अन्नपूर्णमा भएको क्षतिका विषयमा ब्रिफिङ गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.