बुटवलमा रवि र छविको सुनुवाई सकियो, के आउँछ आदेश?
भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको पुनरावेदनमाथि सुनुवाइ सकिएको छ। सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश खारेजीको माग गर्दै लामिछाने र जोशीले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको पुनरावेदन निवेदनमाथि सुनुवाइ सकिएको हो।
शुक्रबार उक्त रिटमा न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासमा बहस सकिएको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुवँरले जानकारी दिए ।
‘बहस सकिएको छ’, उनले अन्नपूर्ण पोष्टसँग भने, ‘निवेदकको निवेदन बमोजिम आदेश आउन पनि सक्छ नआउन पनि सक्छ । अहिले एकछिनमा आदेश आउँदै छ।’
जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दामा सभापति लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने र पूर्वडीआईजी जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
उक्त आदेश चित्त नबुझेको भन्दै उनीहरूले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। जोशीले आफूलाई धरौटीमा छाड्नुपर्ने भन्दै निवेदन दिएका थिए।
प्रतिक्रिया दिनुहोस !