भैरव रिसालको तस्बिर सेयर गर्दै प्रधानमन्त्रीले भने- फागुन २१ गतेको भेट नै अन्तिम भेट भयो
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकोमा दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार रिसालको ९६औँ जन्मदिनका अवसरमा गत वर्ष उनकै निवासमा खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै दुःखद निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै वरिष्ठ पत्रकार स्वर्गीय रिसालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
'हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो। त्यही भेट अन्तिम हुन पुग्यो। उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु। वरिष्ठ पत्रकार भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,'प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको थियो । उनी लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए।
प्रतिक्रिया दिनुहोस !