सुख समृद्धिको वर्ष बनोस्

सुख समृद्धिको वर्ष बनोस्
सुन्नुहोस्

नयाँ वर्ष २०८२ सालको आरम्भले सम्पूर्ण नेपाली जनमानसमा नयाँ ऊर्जा, उत्साह र आशाको सञ्चार गरेको छ । प्रत्येक नयाँ वर्षसँगै भविष्यप्रति आशावादी दृष्टिकोण र नयाँ संकल्पहरू जोडिन्छन् । विगतका चुनौती र संघर्षलाई पछाडि पार्दै अब हामीले विकास, समृद्धि र स्थायित्वतर्फ दृढतापूर्वक कदम चाल्नुपर्ने बेला आएको छ ।

२०८२ सालले यही मार्गप्रति जनचेतना, नेतृत्व र नीतिगत प्रतिबद्धताको माग गरिरहेको छ । २०८१ सालमा मुलुकले प्राप्त गरेका केही सकारात्मक उपलब्धिले यो नयाँ वर्ष अझ उज्यालो हुने संकेत दिएको छ । आर्थिक वृद्धिदरमा सुधार, पर्यटन क्षेत्रको बिस्तार, कूटनीतिक सम्बन्धको विस्तार र पुँजी बजारमा बढ्दो विश्वासले देशमा विकासको नयाँ सम्भावना निर्माण गरेको छ । यी उपलब्धिहरूको जगमा उभिएर २०८२ सालमा हामीले अझ व्यापक र स्थायी परिवर्तनको बाटो समात्नुपर्नेछ ।

विशेषतः ऊर्जा, पर्यटन र कृषि क्षेत्रहरूमा यस वर्ष थप उत्साह देखिने प्रबल सम्भावना छ । जलविद्युत् उत्पादनमा भइरहेको लगानी, साना तथा मझौला परियोजनाहरूको विस्तारले ऊर्जा आत्मनिर्भरता तर्फको यात्रा द्रुत बनाउँदैछ । पर्यटन क्षेत्रमा सुधारिएको पूर्वाधार, अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा वृद्धि र सांस्कृतिक पहिचानको प्रवद्र्धनले रोजगारी र आम्दानीमा सकारात्मक प्रभाव पार्नेछ । उता, कृषि क्षेत्रमा प्रविधिको प्रयोग, अनुदान र सहुलियतपूर्ण कर्जा नीतिहरूले आत्मनिर्भरता र खाद्य सुरक्षामा बल पुर्‍याउनेछन् । २०८१ सालको अन्तिम समयका असन्तोष, असझदारीहरू ०८२ सँगै समाधानमा जाने वातावरण सिर्जना गर्नुपर्ने दायित्व छ । जसका लागि राज्य सञ्चालकहरू शीलबाट ओतप्रोत हुनुपर्नेछ भने, मैत्री, करुणा, मुदिता र उपेक्षाको भाव प्रकट भई सम्पूर्ण नेपालीमा नयाँ उर्जा प्राप्त होस् ।

२०८२ साल आशावादको मात्र संकेत नभएर कार्यान्वयनको पनि वर्ष हुनुपर्छ । जनतामा फैलिएको निराशा, बेरोजगारी र भ्रष्टाचारप्रतिको आक्रोशलाई सम्बोधन गर्दै राज्यको संयन्त्रले उत्तरदायी र पारदर्शी व्यवहार प्रस्तुत गर्नुपर्नेछ । यथार्थ परिवर्तनका लागि शुभेच्छा मात्र होइन, प्रभावकारी कार्यनीतिहरू आवश्यक छन् । नयाँ वर्षको सुरुवातलाई हामीले सामूहिक प्रतिबद्धताको रूप दिनुपर्छ– जहाँ सरकार, निजी क्षेत्र, नागरिक समाज र आम जनताले आआफ्नो भूमिकालाई इमानदारीपूर्वक निर्वाह गर्छन् ।

यही समन्वयले २०८२ साललाई विकास, समृद्धि र आत्मगौरवको यात्रातर्फ अघि बढाउनेछ । नयाँ वर्ष २०८२ साल सबै नेपालीका लागि सुख, समृद्धि, शान्ति र उत्साहको नयाँ अध्याय होस् । यही शुभकामना सहित, हामी सबैले यो वर्षलाई नेपालको उज्यालो भविष्य निर्माणको सशक्त माध्यम बनाऔं । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.