कालीकोटमा ट्याक्टर दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

कालीकोटमा ट्याक्टर दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
सुन्नुहोस्

कालिकोट : कालीकोटको पलाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। पलाता गाउँपालिका -९ थिर्पूदेखि खाद्यान्न बोकेर धौलागोह हुँदै खिन जाँदै गरेको ट्याक्टर गएराति करिब ११:३० बजे दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक टिकबहादुर राउतले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा पलाँता गाउँपालिका-५ की ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ की ३८ वर्षीया सदु बुढा, सोही वडाका २३ वर्षीय रविन्द्र विश्वकर्मा र ट्याक्टर चालक मुगु खत्याडका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको हो।

स्थानीय धनकण विश्वकर्माले ट्याक्टर झण्डै २०० मिटर तल खसेको बताए। उनले भने, ‘ट्याक्टर गहिरो खोंचमा खसेकोले ट्याक्टरको नम्बर प्लेट हेर्न सकिएको छैन। दुर्घटना भएको थाहा पाउने बित्तिकै खिनको कहरदेबबाट राति नै प्रहरी घटनास्थल पुगेको थियो।’ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.