सामुदायिक विद्यालयमा पठनपाठन सुरु गर्न गल्याङ नगरपालिकाको आग्रह

सामुदायिक विद्यालयमा पठनपाठन सुरु गर्न गल्याङ नगरपालिकाको आग्रह
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिकाले सामुदायिक विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु गर्न आग्रह गरेको छ । नगर कार्यपालिका र नगर शिक्षा समितिका बैठकले आइतबारदेखि सामुदायिक विद्यालयमा पठनपाठन सुरु गर्ने गराउने निर्णय गरेको हो । 

काठमाडौं केन्द्रित शिक्षकको आन्दोलनले सामुदायिक विद्यालयमा भर्ना अभियानदेखि पठनपाठन रोकिएको छ । लामो समयसम्म पठनपाठन रोकिँदा बालबालिकासहित अभिभावकमा समेत नकारात्मक प्रभाव पर्ने जनाउँदै नगरपालिकाले सूचनामार्फत विद्यालयका गतिविधि सञ्चालन गर्न आग्रह गरेको हो ।  

नगरप्रमुख गुरुप्रसाद भट्टराईले जारी गरेको सूचनामा विद्यार्थी भर्ना, कक्षा सञ्चालन, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक कार्यहरूमा तत्काल सञ्चालन गर्न आग्रह गरिएको छ । यसअघि विरुवा र हरिनास गाउँपालिकाले विद्यालयमा  पठनपाठन सुरु गर्न आग्रह गरेका थिए ।   

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.