मोदीले भने– पहलगाम आक्रमणका पीडितहरूले न्याय पाउनेछन्
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूले न्याय पाउने आश्वासन बताएका छन् । आफ्नो ‘मन की बात’ कार्यक्रममा प्रधानमन्त्री मोदीले पहलगाममा भएको आतंकवादी घटनाले देशका प्रत्येक नागरिकलाई दुःखी बनाएको बताएका हुन् ।
उनले भने,‘पीडित परिवारहरूले न्याय पाउनेछन्, न्यायको जित हुनेछ । यस आक्रमणका दोषी र षड्यन्त्रकारीहरूलाई कडाभन्दा कडा जवाफ दिइनेछ ।’
प्रधानमन्त्री मोदीले आतंकवादविरुद्धको लडाइँमा विश्व भारतीयको साथमा उभिएको बताए ।
जम्मू कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !