ओलीजीले गठबन्धनमा कुनै समस्या ल्याउनुभएको छैन : देउवा

ओलीजीले गठबन्धनमा कुनै समस्या ल्याउनुभएको छैन : देउवा
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्। गठबन्धनमा समस्या उत्पन्न भएको र सरकार परिवर्तन हुने हल्ला चलिरहेका बेला गठबन्धनका प्रमुख घटक कांग्रेस सभापति देउवाले गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन्।

पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म गठबन्धनमा कुनै समस्या नल्याएको दाबी गरे। 'अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ। उहाँले (ओलीले) गठबन्धनमा कुनै समस्या पनि क्रियट गर्नुभएको छैन,' उनले भने।

सभापति देउवाले गभर्नर नियुक्तिको समस्या पनि प्रधानमन्त्रीले नल्याएको बताए। बरु प्रधानमन्त्री ओलीले गभर्नर कांग्रेसलाई दिइसकेको उनले दाबी गरे।

'गभर्नर निुयुक्त समस्या त राष्ट्र बैंककै कारणले भइराखेको छ। ओलीजीले नियुक्ति ढिलाइ गर्नुभएको होइन। उहाँले त गभर्नर कांग्रेसलाई दिइसक्नुभएको छ,' सभापति देउवाले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.